अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको वेला मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।
राजविराजमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाटै नायवसुब्बा कृष्णबल्लभ ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।
नायवसुब्बा ठाकुरलाई कार्यकक्षबाटै सेवाग्राहीसँग १३ हजार घुस रकम लिँदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ । जग्गासम्बन्धी काम गराउन ठाकुरले घुस मागेका थिए । लकडाउन खुलेसँगै सप्तरी मालपोत कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।