१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार ०९:४५:००
Read Time : < 1 मिनेट
अर्थ

प्रभु र समृद्धि क्यापिटलको  एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार ०९:४५:००

प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक–आपसमा गाभिई एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरेका हुन् । 

एकीकृत कारोबार सुरुवात समारोहमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपाली पुँजी बजारमा मर्जरपछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पुँजी बजारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए । नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको अध्यक्ष ढुंगानाले बताए । विशिष्टीकृत योजनामा विदेशी लगानीसमेत भिœयाउन सकिने व्यवस्था गरेकाले क्यापिटलहरू अझ बढी सिर्जनशील हुनुपर्ने उनको भनाइ थियो ।  

कार्यक्रममा तत्कालीन समृद्धि क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले पुँजी बजार व्यक्ति मात्रै नभई समाज नै बन्ने मेलो भएको बताए । ठूला–ठूला संस्थाहरू नबनीकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाइदिनुपर्ने उनको भनाइ थियो । 

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको कार्यकालमा नेपाली पुँजी बजारले विषम परिस्थिति भोगेको भए तापनि स्थायी सरकार भएको हुँदा आउने दिनमा थप परिष्कृत भई नयाँ उचाइ छुने विश्वास व्यक्त गरेका थिए । उनले आर्थिक क्षेत्रको विकासका लागि स्थिर सरकार र आर्थिक क्षेत्रप्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।