मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ३० मंगलबार ०७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङको मध्यनेपालमा पहिरोका कारण एक सय नौ घरपरिवार विस्थापित

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार ०७:३२:००

अविरल वर्षासँगै आएकाे पहिराेले लमजुङको मध्यनेपाल नगरपालिकामा एक सय नौ घरपरिवार विस्थापित भएका छन् । मध्यनेपाल नगरपालिका–६ का दुई घर पहिरोले बगाएको छ । 

पहिराेले सोमबार बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताए ।  त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिरोले पुरेको पौडेलको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार मध्यनेपाल-६ रानीपानीमा ३१ घर, लामासोतीमा २७, मध्यनेपाल-९ रातामाटेमा २१ घर, मध्यनेपाल-६ भदौरेको ११ घर, गुम्बाबेसीमा नाै घर, मध्यनेपाल-३ सूर्यपालमा पाँच घर, मध्यनेपाल-२ पराजुलीटारमा तीन घर, मध्यनेपाल-१ खवासगाउँ र चारचर्दीमा एक–एक घर  गरी एक सय नाै घरपरिवार विस्थापित भएका छन् ।  

विस्थापित परिवार कोही इशानेश्वर माध्यमिक विद्यालय र कोही आफन्तकोमा शरण लिन पुगेका छन् । पहिरो प्रभावित क्षेत्रका स्थानीयलाई प्रहरी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । उक्त क्षेत्रको गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको नगरप्रमुख पाण्डेको भनाइ छ ।