मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २९ सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट ८५ को मृत्यु, ५१ जना बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २९ सोमबार १४:३४:००

बाढीपहिरोबाट ८५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर ५१ जना बेपत्ता र ४६ जना घाइते भएको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए ।  राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहसचिव न्यौपानेले बाढीपहिरोबाट अहिलेसम्म भएको क्षतिबारे जानकारी दिँदै हालसम्म एक सय ३४ वटा घर क्षति बताए । 

न्यौपानेले ठूलो पहिरो जानुको कारणमा भूकम्पले ठाउँठाउँमा चिरा पार्नु, विकासको नाममा डोजर प्रयोग हुनु र यसपालि प्रिमनसुन हुनु उल्लेख गरे । खोज तथा उद्धारका कामहरूलाई प्रभावकारी बनाइएको न्यौपानेले जानकारी दिए । 

उनले भने, ‘सडक खोल्ने हेपी इक्युपमेन्टहरू विभिन्न राजमार्गमा राखिएको छ । तराईका डुबान हुने ठाउँहरूमा विभिन्न जिल्लाहरूमा एक सय ९१ वटा मोटर बोट राखिएको छ ।’ सुरक्षाकर्मी, नेपाली सेनाका हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएको उनले बताए ।