मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २९ सोमबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ वर्षअघिको हत्याकाण्डका अभियुक्त समातिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २९ सोमबार १३:४४:००

आपसी विवादमा आफ्नै मालिकदम्पतीको हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौंको सीतापाइलामा नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सर्लाही घर भएका आरोपी जयकिशोर साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । 

घटनापछि उनी भारतमा लुक्दै आएका थिए । उनलाई सीमा क्षेत्रबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ । 

२० पुस २०६३ मा सुवेदीदम्पतीको हत्या भएको थियो । उनीहरू काठ मिल सञ्चालन गर्दथे । 

कामको विषयमा आपसी विवाद भएपछि कामदार रहेका साह र प्रताप रानाले छुरा हानेर हत्या गरेका थिए । 

गम्भीर प्रकृतिका पुराना मुद्दाका अभियुक्त खोज्ने अभियानअन्तर्गत उनी पक्राउ परेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले जानकारी दिए ।