मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २९ सोमबार १०:५६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बाढीपहिरो : प्रदेश सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र पीडितलाई राहत दिने

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १०:५६:००

प्रदेश १ सरकारले बाढीपहिरोपीडितलाई उचित राहत उपलब्ध गराउने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश १ सरकारका प्रवक्ता तथा मन्त्री हिक्मतकुमार कार्कीका अनुसार बाढीपीडित परिवारलाई कानुनअनुसार निर्णय गरेर क्षतिपूर्ति दिइनेछ । 

उनले पीडितहरूलाई राहत प्रदान गर्नका लागि सबै सामग्री तयारी अवस्थामा राखिएको र सोमबारदेखि सबैतिर वितरण हुने बताए । उनले भने, ‘संखुवासभामा मौसम अनुकूल हुनेबित्तिकै राहत पुऱ्याउनेछौँ ।'

आइतबार एक नम्बर प्रदेश सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले बाढीपहिरो प्रकोप पीडितहरूको उद्धार गर्न र राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेका थिए ।   

प्रदेश १ मा बाढीपहिरोबाट पाँच सय घरपरिवारका १५ सय विस्थापित
प्रदेश १ मा बाढी र पहिरोले करिब पाँच  सय घरपरिवारका १५ सयजना विस्थापित  भइसकेका छन् ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले बगाएर हालसम्म पहाडी जिल्लामा एक सय घरपरिवारका  तीन सय ५० जना विस्थापित भइसकेका छन् ।

संखुवासभा,  तेह्रथुम र सोलुखुम्बुलगायतका जिल्लामा पहिरोले  ५० वटा घर बगाइसकेको छ । पहिरोमा परेर एकजनाले ज्यान गुमाइसकेका छन् । ११ जना अझै बेपत्ता छन् ।  पहिरोले संखुवासभामा मात्र  ११ घर पूर्ण  रूपमा बगाएको छ भने ८६ घर परिवार विस्थापित भएका छन् ।