मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २९ सोमबार १०:३४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एउटै गाउँपालिकामा पाँच घन्टामा दुई प्रमुख प्रशासकीय अधिकृत सिफारिस

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १०:३४:००

मुगुको सोरु गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच घन्टाकाे अवधिमा प्रमुख प्रशासकीय अधिकृतमा दुईजनाको नाम सिफारिस गरेको छ । 

आइतबार १२ बजे जिल्ला समन्वय समितिमा कार्यरत निमित्त समन्वय अधिकारी भीमराज सेजुवाललाई अर्को व्यवस्था नभएसम्मका लागि सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । 

त्यसकाे पाँच घन्टा नबित्दै मन्त्रालयले गाउँपालिकामा कार्यरत विद्यालय निरीक्षक वीरेन्द्र मल्ललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सिफारिस गरेको छ । 

पालिका प्रमुख लाेकबहदुर शाहीले गाउँ सभा सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गरेपछि मन्त्रालयले एकै दिन पाँच घन्टाकाे फरकमा दुईजनाको नाम सिफारिस गरेको हाे ।