मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २९ सोमबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित तीन पक्राउ, चोरीको आशंकामा मोटरसाइकल बरामद

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १०:२६:००

सिराहा प्रहरीले लहान र बरियारपट्टिबाट प्रतिबन्धित लागुऔषधसहित दुई र मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा एक गरी तीनजनालाई पक्राउ गरेको छ । लहानकोे राष्ट्रिय वाणिज्य बैंकअगाडि सादा पोसाकका प्रहरीले चेकजाँचको क्रममा मोटरसाइकल चढेका २० वर्षीय रामपुकार शर्मालाई आइतबार लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

लहानस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नवराजपुर गाउँपालिका– ४ घर भएका २० वर्षीय शर्माको साथबाट ४६ एम्पुल डाइजिल्याब, ४७ एम्पुल फेनारागन, ४६ एम्पुल नोफिन बरामद भएपछि पक्राउ गरी लहान प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

त्यस्तै, दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३ बरियारपट्टी बजारबाट आइतबार राति  स्थानीय २० वर्षीय चन्दनकुमार यादवलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरियारपट्टी– २ श्रीपुर घर भएका यादवलाई एक हजार आठ सय थान अल्प्राजोल्याम ट्याब्लेट र दुई सय ८६ एम्पुल पेन्टाजोर्सानसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।                

चोरीको आशंकामा मोटरसाइकल नियन्त्रण
जिल्लाको पश्चिमी भेगमा पर्ने कल्याणपुर नगरपालिका– १ बनिनियाँस्थित मोटरसाइकल ग्यारेजबाट प्रहरीले चोरीको आशंकामा एक थान मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । स्थानीय इब्राहिम मोटरसाइकल ग्यारेजमा यामाहा कम्पनीको आर फिफ्टिन मोडेलको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

कल्याणपुर– ९ डुमरी गाउँका भगवानबाबु यादवले मर्मतका लागि ल्याएको प्लेटविनाको मोटरसाइकल चोरीको आशंकामा ग्यारेज सञ्चालकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ग्यारेज सञ्चालकको नाम भने खुलाएको छैन ।