मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७७ असार २८ आइतबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनसुन सक्रिय हुने क्रम जारी

Read Time : < 1 मिनेट
२०७७ असार २८ आइतबार १३:०५:००

जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । 

गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभागनजिकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानांगले बताए । ‘सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ,’ उनले भने । 

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए । यस वर्ष मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १९.५, नेपालगगन्जमा ४.६, धनकुटामा ४४.२, वीरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ ।