१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २८ आइतबार ११:२२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्वास्थ्य चौकी निर्माणमा संलग्न कामदारले ज्याला पाएनन्

Read Time : > 1 मिनेट
२०७७ असार २८ आइतबार ११:२२:००

हुम्लाको ताजाँकोट गाउँपालिका– ३ का धान्य सार्कीले घरपरिवार चलाउनकै निम्ति मैला स्वास्थ्य चौकी निर्माणका लागि बुबा, श्रीमती र आफैँ गिटी कुट्ने काम गरे । 

स्वास्थ्य चौकी निर्माण भएर सकियो, तर उनको परिवारले गिटी कुटेर चौकी निर्माणका लागि गरेको कमको ज्याला अहिलेसम्म पाउन सकेका छैनन् । 

ताजाँकोट– ३ कै चन्द्र सुनारले मैला स्वास्थ्य चौकी निर्माणका लागि काठ काटेको  ५० हजार रुपैयाँ ठकेदारबाट अहिलेसम्म पाउन नसकेको जनाए । 

स्वास्थ्य चौकी निर्माणका लागि काठको काम गरेको चार वर्ष पुग्दासमेत आफूले पैसा नपाएको उनले गुनासो गरे । 

पटकपटक सहायक ठेकेदार डम्बर शाहीसँग पैसा माग्दा नपाएकाले दुःख पाएको श्रमिकहरूको गुनासो छ । 

उनीहरूले स्वास्थ्य चौकी निर्माणमा काम गरेबापतको ज्याला दिलाइदिन गाउँपालिकालाई हारगुहार गर्दै आएका छन् । 

ठेकेदारलाई मुद्दा हाल्ने तयारी 
ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लका अनुसार कामदारले अनुमानित २७–२८ लाख रूपैयाँ ज्याला पाउन बाँकी रहेको छ । 

‘ठेकेदारको बेइमानीले गर्दा काम पनि सम्पन्न भएको छैन र कामदारले पनि ज्याला पाएका छैनन्,’ उनले भने ‘प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले स्थलगत अध्ययन गरी जानुभएको पनि हो, ठेकेदारलाई कारबाहीको कुनै पहल गर्नुभएन ।’ 

अनुगमनको पाटो कमजोर भएपछि यस्तो समस्या आएको अध्यक्ष मल्लले बताए । 

‘कामदारले कति पाउनु छ रकम र नाम लिस्ट मगाएका छौँ,’ अध्यक्ष मल्लले भने, ‘अब यस विषयमा गाउँपालिका लागिपर्नेछ ।’ 

उनले कामदारहरूले ठेकेदारविरुद्ध मुद्दा हाल्ने तयारी गरेको पनि बताए ।

ठेकेदारको लापरबाही  
१ वैशाख ०७१ मा स्वास्थ्य चौकी निर्माणको सम्झौता भएको थियो । तर, स्वास्थ्य चौकी भवन निर्माण हुन पाँच वर्ष लागेको छ । 

श्री जयन्ती ऐडी निर्माण सेवा बौद्ध काठमाडौंका प्रतिनिधि राजबहादुर बस्नेतले कामदारको ज्याला नदिएको गाउँपालिकाले जनाएको छ । 

श्री जयन्ती ऐडी निर्माण सेवा बौद्ध काठमाडौंका प्रतिनिधि राजबहादुर बस्नेतले भने ताजाँकोटकै केशरे मल्लले मुद्दा हालेकाेले काममा ६ महिना ढिलो भएको आरोप लगाए । 

वन कार्यालयमा मुद्दा परेपछि काममा ढिलासुस्ती भएको उनको दाबी छ । 

कामदारलाई ज्याला दिनेबारे भने उनले स्वीकार गरेका छन् । कामदारलाई १७–१८ लाख रुपैयाँ तिर्न बाँकी रहेकाे उनले स्वीकार गरे । रकम निकासा हुनेबित्तिकै काम गरेका कामदारहरूको रकम दिने उनले जनाए । 

‘सहरी तथा भवन डिभिजन आयोजना जुम्लाबाट ३० लाख रकम भुक्तानी हुन बाँकी छ । भुक्तानी हुनेबित्तिकै कामदारको पैसा दिन्छु,’ बस्नेतले भने ।