मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार ०६:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल रेडक्रस र कोकाकोला नेपालको कोभिड-१९ विरुद्ध सहयोग जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार ०६:३७:००

नेपाल रेडक्रस सोसाइटी (नेरेसोे) र कोकाकोला नेपालकोे कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ । सहयोगको पहिलो चरणअन्तर्गत चार ठाउँमा कम्पनीले सहयोग गरेको हो । 

कोकाकोलाले यस परियोजनाको लक्ष्य सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मी तथा अग्रपंक्तिका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरू उपलब्ध गराउने रहेको जनाएको छ । 

पहिलो चरणको वितरण कार्यक्रमअन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोसी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । 

असार १६ गतेबाट सुरु गरिएको पहिलो चरणमा ९ सय ५० थान एन९५ मास्क, २ सय ६५ थान सुरक्षा बुट, १ हजार ८ सय बोतल स्यानिटाइजर, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३ सय र १३ हजार १ सय २ थान साबुन वितरण भइसकेको कोकाकोलाको दाबी छ । 

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले स्वास्थ्य संस्थाहरूले कोभिड-१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर गरिरहेका सबै काम र साहसी प्रयास गहन कृतज्ञताका हकदार रहेको बताए । उनले नेपाल रेडक्रस सोसाइटी र आफूहरू यो सहयोगले अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न मद्दत गर्ने तथा चुनौतीपूर्ण समयमा आफ्नो मूल्यवान् कामलाई जारी राख्न सक्ने विश्वास व्यक्त गरेका छन् । 

प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेतस्थित मध्यपश्चिम अस्पताल र सुदूरपश्चिमाञ्चलस्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना बनाइएको रेडक्रसका निर्देशक दिव्यराज पौडेलले बताए ।