मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
गणेश लम्साल
२०७५ पौष ३ मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार

चार सय भारतीय नागरिकलाई दर्ता प्रमाणपत्र वितरण  

Read Time : < 1 मिनेट
गणेश लम्साल
२०७५ पौष ३ मंगलबार १३:५३:००

विराटनगरमा कार्यरत करिब चार सय भारतीय नागरिकहरुलाई भारतीय दूतावासले दर्ता प्रमाणपत्र प्रदान गरेको छ । मोरङ व्यापार संघको सहजीकरणमा विराटनगर र आसपासमा कार्यरत चार सय भारतीय नागरिकहरुलाई  भारतीय दूतावासले १ पुसमा प्रमाणपत्र प्रदान गरेको हो । 

व्यक्त्तिगत पहिचान, बैकिंग कारोबार र प्रशासनिक सेवालाई सहज बनाउन विराटनगर र आसपासका क्षेत्रमा कार्यरत  भारतीय नागरिकहरुको तथ्यांक संकलन गरेर  पहिलो चरणमा   चार सय जनालाई दर्ता प्रमाणपत्र प्रदान गर्न सहयोग गरेको मोरङ व्यपार संघका अध्यक्ष पवन सारडाले बताए । विराटनगरस्थित मोरङ व्यपार संघमा आइतबार भारतीय दुतावासको कन्सुलर क्याम्पमार्फत  चार सय जना नागरिकहरुलाई दर्ता प्रमाण पत्र वितरण गरिएको थियो । 

विराटनगरमा बसेर काम गर्दै आएका भारतीय मुलका डाक्टर, प्रोफेसर, विद्यार्थी लगायत उद्योगमा काम गर्ने प्राविधिकहरुले भारतीय राजदुतावासका द्वितिय सचिव अभय कुमार, एटैची आर. के. दुवे, र मोरङ व्यापार संघका अध्यक्ष श्री पवनकुमार सारडा लगायतबाट   भारतीय नागरिकको दर्ता प्रमाण पत्र लिएका थिए । 

भारतीय नागरिक भएको आधिकारिक पहिचानको अभावमा नेपालमा कार्यरत भारतीय नागरिकहरुलाई बंैकमा रकम जम्मा गर्न र पठाउन र पठाएको पैसा लिन समस्या हुन्छ ।  पहिले बिराटनगरमा रहेको भारतीय दुतावासका क्याम्पले उक्त्त प्रमाणपत्र बितरण गर्दै आएको थियो । तर जानकारीको अभावमा धेरैले प्रमाणपत्र लिएका थिएनन् । 

प्रमाणपत्र वितरण कार्यक्रममा वर्षेनी क्याम्प खडा गरेर नयाँ आउने भारतीय नागरिकहरुलाई दर्ता प्रमाण पत्र दिनुपर्ने माग भारतीय दुतावस समक्ष नागरिकहरुले गरेका थिए ।