मैथिली भाषा, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान दिएका पाँच स्रष्टालाई विद्यापति पुरस्कार कोषले शनिबार पुरस्कृत र सम्मानित गरेको छ । ०७६ सालको मैथिली भाषा साहित्य पुरस्कार धनुषा रघुनाथपुरका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ ।
पुरस्कारको राशि दुई लाख रुपैयाँ छ । यस्तै, कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डल, अनुसन्धान पुरस्कार सिरहा घर भएका पत्रकार दिनेश यादव, अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डित र पाण्डुलिपि पुरस्कार जनकपुरका पत्रकार तथा साहित्यकार उपेन्द्र भगत नागवंशीलाई प्रदान गरिएको छ ।
सबै पुरस्कारको राशि एक–एक लाख रुपैयाँ छ । प्रदेश–२ प्रमुख तिलक परियारले शनिबार सबैजनालाई सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गरेका हुन् ।