Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७७ असार २७ शनिबार १९:४५:००
प्रदेश डिजिटल संस्करण

सर्दु खोलाले बगाएर भूपू भारतीय सैनिक बेपत्ता

२०७७ असार २७ शनिबार १९:४५:००

सर्दु खोलामा आएको बाढीले शनिबार दिउँसो ३ बजे धरान–१३ राईटोलमा बस्दै आएका भूतपूर्व भारतीय सैनिक रामबहादुर बस्नेतलाई बगाएको छ । उनी खोलापारि रहेको गोठमा जाने क्रममा बाढीले बगाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बाढीले बगाएको सूचना पाउनासाथै प्रहरी परिचाल गरी खोजी भइरहेको छ । अन्य वेला सुक्खा हुने सर्दु र सेउती खोलाले वर्षायाममा धरानमा निकै नै क्षति पुऱ्याउँदै आएको छ ।

डिएसपी बस्नेतका अनुसार धरान–५ स्थित सुन्दरबस्तीमा रहेको मन्दिरा जोगीको घर सेउती खोलाको कटानले जोखिममा परेको छ । उनको घरनजिकको शौचालय भने खोलाले बगाइसकेको छ । यस्तै स्थानीय जितबहादुर लिम्बूको घर पनि कटानको जोखिममा परेको छ ।