मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २७ शनिबार १०:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले डाइभर्सन बगाउँदा, नवलपरासीमा पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार १०:३१:००

पूर्वी नवलपरासीमा बाढीले सडकको डाइभर्सन बगाउँदा पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि परेको वर्षाले पूर्व–पश्चिम राजमार्गकाे गैंडाकोट खण्डमा पर्ने थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि बाटो अवरुद्ध भएको हो । 

नारायणगढ–बुटवल सडकखण्ड चार लेनको बनाउने कार्य चलिरहेको छ । सोही क्रममा राखिएको अस्थायी डाइभर्सन बाढीले बगाइदिएको हो । अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतका लागि काम सुरु गर्न थालिएको भए पनि सडक खुल्न घन्टाैं लाग्ने बताइएको छ । यसअघि पनि बाटो साँघुरो भएको भन्दै नयाँ कल्भर्ट हालिएको थियो । 

अहिले बिरामीका लागि भरतपुरबाट एम्बुलेन्ससँग सहकार्य गरी अस्पताल पुऱ्याउने वातावरण मिलाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो अवरुद्ध भएसँगै सडकमा राेकिएका सवारीसाधनको लाम लागेको छ ।