मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २७ शनिबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगार बोर्डमा सदस्य नियुक्ति सच्याउन माग 

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार ०६:५९:००

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनयन गरिएको निर्णय सच्याउन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले माग गरेको छ । मन्त्रालयले नै समेत कारबाहीका लागि सिफारिस गरिएको व्यक्तिलाई बोर्डको सदस्यमा गरिएको नियुक्तिप्रति मञ्चको आपत्ति रहेको छ । 

गत २२ गते श्रममन्त्री रामेश्वर राय यादवले व्यवसायी हेमराज गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई सदस्यमा नियुक्ति गरेका थिए । तर, कामदारको अर्बौँ रुपैयाँ ठगी गरेको आरोप लागेका खड्कालाई गरेको नियुक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ । 

विशेष गरी मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारीको मनोनयनप्रति मञ्चले घोर भत्र्सना गरेको छ । मन्त्रालयलाई सो निर्णय सच्याउन माग गरेको छ । मञ्चले सो निर्णयको प्रतिरोध गर्नका लागि कडा कदम चाल्न बाध्य हुनेसमेत जनाएको छ । 

वैदेशिक रोजगार बोर्डमा श्रम रोजगार तथा सामाजिक पदेन अध्यक्ष रहने व्यवस्था छ । साथै, बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगारविज्ञका साथै रोजगारी क्षेत्रमा कार्यरत अन्य संघसंस्थाहरूको प्रतिनिधित्व रहने व्यवस्था छ ।