१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार २१:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश- सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न दृढ अडान र हदैसम्मको प्रयास हुनेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार २१:३२:००

प्रधानमन्त्री केपी ओलीले आमनेपालीबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न दृढ अडान र हदैसम्मको प्रयास हुने बताएका छन् ।  राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको हुन सक्ने उनले औँल्याएका छन् । उनले भनेका छन्– म आश्वस्त पार्न चाहन्छु, आमनेपालीबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।