१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २६ शुक्रबार २१:२९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बाग्लुङ प्रहरीद्वारा ९५ किलो गाँजा नष्ट

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार २१:२९:००

जिल्ला प्रहरी कार्यालय बाग्लुङले १२ असारमा निसीखोला गाउँपालिका–६ र ढोरपाटन नगरपालिका–१ बाट बरामद गरेकाे ९५ किलो गाँजा नष्ट गरेको छ । निसीखोला–६ का वडाध्यक्षसमेत रहेका सूर्यबहादुर घर्तीले घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले ८६ किलो पाँच सय ग्राम गाँजा बरामद गरेको थियो । यस्तै सोही दिन ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको मीना खाजा घरबाट प्रहरीले नौ किलो गाजाँ बरामद गरेको थियो । 

बुर्तिबाङबाट र निसीखोला गाउँपालिकाबाट बरामद ९५ केजी गाँजा शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।  गाँजा लुकाएर राखेको आरोपमा निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष घर्तीसहित म्याग्दीको धौलागिरि गाउँपालिका–२ घर भई ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा मीना खाजा घरका सञ्चालक धनबहादुर भण्डारी, सोही स्थानकी मीना थापा, यसैगरी ढोरपाटन नगरपालिका–१ स्थायी घर भएका विपिन रसाइली, चित्रबहादुर पुन, दलबहादुर बुढा, जुनबहादुर विक, मनोज विक, बडिगाड गाउँपालिका–४ का गिरे विक र गलकोट नगरपालिका–२ का रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेकाे प्रहरी उपरीक्षक चौधरीले बताए ।