मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार २१:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवादबारे प्रधानमन्त्रीले भने- यो पार्टीको आन्तरिक विषय हो, छलफलबाटै सुल्झन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार २१:१८:००

प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको विवाद आपसी छलफलबाटै सुल्झने बताएका छन् । उनले त्यसका लागि धैर्यता र संयम आवश्यक पर्नेसमेत औँल्याएका छन् । राष्ट्रका नाममा शुक्रबार सम्बाेधन गर्दै ओलीले पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले भनेका छन्- अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविकै हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुऱ्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।