मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार १४:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाकिस्तानी सेनासँगको झडपमा कस्मिरमा मारिए नेपाली गोर्खा सैनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार १४:४७:००

भारतको केन्द्रशासित जम्मु–कस्मिरको पाकिस्तानी सीमा क्षेत्रमा खटिएका भारतीय सैनिकमाथि शुक्रबार पाकिस्तानी सेनाले गोली चलाउँदा एकजना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । 

गोर्खा आरुघाट स्थायी घर भएका भारतीय गोर्खाका हवल्दार शम्बुर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । 

भारतीय सेनाको आठौँ गोर्खा राइफल्सको पाँचौँ बटालियनमा उनी कार्यरत थिए । 

पाकिस्तानी सेनाले रजौरी जिल्लाको नोउसेरास्थित सीमारेखामा युद्धविराम उल्लंघन गर्दै गोली प्रहार गरेपछि घाइते भएका गुरुङकाे अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

गुरुङ ड्युटीमा रहेको बंकरमा आएका पाकिस्तानी सैनिकको गोली प्रहारबाट गुरुङको पाखुरा, बायाँ खुट्टा र अनुहारमा गम्भीर चोट लागेको थियो । 

अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । 

३६ वर्षीय गुरुङ गोर्खा आरुघाटस्थित माँबु गाउँका बासिन्दा हुन् । 

भारतीय सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले पाकिस्तानले लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लंघन गरेर जबर्जस्ती गोली प्रहार गरेको र त्यसको प्रतिकार गर्ने क्रममा गुरुङको मृत्यु भएको जनाएका छन् ।

उनले शुक्रबार जारी विज्ञप्तिमा भारतका लागि हवल्दार गुरुङको बलिदान खेर जान नदिने उल्लेख गरेका छन् । 

‘उनी कर्मठ सिपाही थिए । उनको कर्तव्य परायणता र देशप्रति सर्वाेच्च बलिदानीलाई देशले कहिल्यै बिर्सने छैन,’ लेफ्टिनेन्ट कर्णेल आनन्दले भनेका छन् ।