१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असार २६ शुक्रबार १२:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तातोपानी बजारमा बाढी पस्यो, स्थानीयको भागदौड

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असार २६ शुक्रबार १२:१४:००

चीनको खासासँग नाका जोडिएको तातोपानी बजारमा भलबाढी पसेर क्षति पुऱ्याएको छ । वर्षा निरन्तर भइरहेकोले माथिको भिरबाट बगेर आउने स–साना खोल्साखोल्सीको पानीमा लेदो मिसिएको बाढी बजारमा पसेको हो । 

चारैतिरबाट भलबाढी र पहिरो खस्न थालेपछि तातोपानीवासी भोटेकोसी नदीको तीरैतीर भागेका छन् । कोदारी सडक सबै बगाएकोले बाह्रबिसे–तातोपानी हिजैबाट सम्बन्धविच्छेद भएको छ । आवतजावत पूर्ण रूपमा बन्द भएकोले उद्धारमा कठिनाइ भएको छ । बजारमा भएको जनधनको क्षतिको विवरण प्राप्त भएको छैन । 

स्थानीय पदम श्रेष्ठले दिएको जानकारीअनुसार हालसम्म तातोपानी र लार्चामा गरी ६ घर बगाएको छ । लार्चाखोलाले बगाएको व्यक्तिको पहिचान खुलेको छ ।  उनी लार्चाका ५० वर्षीय नाक्चे मगर भएकाे खुलेकाे छ । भोटेकोसी–२ का अध्यक्ष दीपेन्द्र श्रेष्ठले तातोपानीमा ठूलो क्षति भएको बताए । भलबाढी पसेर मूलसडक नै बगाएकोले ज्यान जोगाउन स्थानीयको भागाभाग भएको उनले बताए  । बाढीले लार्चा र कोदारीको पुल पनि बगाएको छ ।