मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार ०८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बुढानीलकण्ठ स्कुलले मागेको शुल्क स्थगित गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार ०८:११:००

बुढानीलकण्ठ स्कुलले लकडाउनको अवधिमा नखाएको खानासहित मागेको शुल्क स्थगित गरेको छ । शुल्क मागेको विषयमा विवाद भएपछि शिक्षा मन्त्रालयको निर्देशनमा स्कुलले आफ्नो पूर्वनिर्णय स्थगित गरेको हो । शिक्षा मन्त्रालयका सहसचिव व्यवस्थापन समिति अध्यक्ष रहेको बुढानीलकण्ठ स्कुलले सरकारकै निर्णयविरुद्ध हुने गरी र विद्यार्थीले नखाएको खानासहितको शुल्क मागेको थियो ।

शिक्षा मन्त्रालयको दबाबपछि बुधबार राति प्रिन्सिपल होमराज आचार्यले सूचना जारी गरी अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको उल्लेख गरेका छन् । सूचनामा भनिएको छ, ‘यस स्कुलमा अध्ययरत विद्यार्थीहरूको मासिक शुल्क पेस्कीस्वरूप बुझाउनका निमित्त पठाइएको बिल अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ । साथै शुल्क बुझाइसक्नुभएको भए उक्ता रकम पछि निर्णय भएअनुसार मिलान गरिने पनि जानकारी गराइन्छ ।’ 

सरकारले चैत महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरे पनि बुढानीलकण्ठ स्कुलले खानासहितको र त्यसयता वैशाख, जेठ र असार महिनाको शुल्क अभिभावकसँग मागेको थियो । निजी विद्यालयले समेत शुल्क माग्न असजिलो महसुस गरेको समयमा सरकारको जग्गा, सरकारले बनाएको भवन र सरकारको अनुदानमा चलेको विद्यालयले मन्त्रालयकै निर्णयविरुद्ध काम गरेको भन्दै आलोचना भएको थियो ।  

(बिहीबार प्रकाशित ‘शिक्षा मन्त्रालयले चलाएको बुढानिलकण्ठ स्कुलले लकडाउनको अवधिमा समेत खानासहितको माग्यो शुल्क’ समाचारमा अर्को विद्यालयको तस्बिर परेकाले भूल सुधार गरिएको छ ।)