१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार २०:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानिरीक्षक क्षेत्रीको प्रहरीलाई निर्देशन : मेरो विनम्रतालाई कमजोरी नठानियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार २०:२७:००

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो विनम्रताको कार्यशैलीलाई कमजोरी नठान्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा पदबहालीपछि निर्देशन दिँदै उनले कार्यशैली विनम्र भए पनि कानुन पालनामा  गल्ती गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए । 

कार्यक्रममा उपस्थित डिआइजीतर्फ हेर्दै उनले भने, ‘म साथीजस्तै सँगै बसेर कुकिज पनि खुवाउँछु, कुनै गल्ती गरेमा साथी भनेर उन्मुक्ति पाइनेछैन । कारबाही गरेरै छाड्छु ।’ गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पनि उनले सो सन्देश दिएका थिए । 

सामूहिक रूपमा अघि बढ्ने र संस्थागत निर्णयका आधारमा प्रहरीलाई अघि बढाउने उनको भनाइ छ । ‘प्रहरी महानिरीक्षकले के गर्ने भन्ने कुरा ऐन–कानुनले नै निर्दिष्ट गरिसकेको छ,’ उनले भने, ‘मात्र काम–कारबाहीलाई कसरी अघि बढाउने भन्ने शैली मेरो आफ्नो हुन सक्दछ ।’ आगामी दिनमा प्रहरीलाई लहडमा होइन, संस्थागत निर्णयका आधारमा अघि बढाइने क्षेत्रीको भनाइ छ । 

सहकर्मी एआइजी हरिबहादुर पालसँग जो आइजिपी भए पनि सरसल्लाह र सहयोगमा चल्ने भनेर एकप्रकारको भद्र सहमति भएको  उनले प्रस्ट पार्दै आफूहरू मिलेर अघि बढ्ने बताए । विगतमा जस्तो आइजिपीको प्रतिस्पर्धीलाई व्यावसायिक रूपमा निषेध गर्ने कुसंस्कारलाई पहिलो चरणमा तोडेको उनको भनाइ थियो । 

संगठनमा मनोबल वृद्धि आवश्यक रहेको र तल्लो दर्जाको सुविधा वृद्धिबारे आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ । बर्दीमा दाग लगाउने कसैलाई नछाड्ने उनले चेतावनी दिएका छन् ।