मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २५ बिहीबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेथा लागेको पाँच दिनपछि गर्भवतीको उद्धार

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १७:४९:००

सुत्केरी बेथा लागेर पाँच दिनदेखि थला परेकी महिलाको बिहीबार हेलिकोप्टरमार्फत उद्धार भएको छ । २० असारमै सुत्केरी बेथा लागेकी चंखेली गाउँपालिका– ४ की ३३ वर्षीया हजारी शाहीले उपचार सेवा पाउन सकेकी थिइनन् । उनको बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

धेरै दिनसम्म पीडादायी अवस्थामा बस्नुपरेकाले उनी बेहोस भएको श्रीमान् हरिचन्द्र शाहीले जानकारी दिए । उद्धारको लागि २० असारमै जिल्ला प्रशासनमा जानकारी दिए पनि आज मात्रै उद्धार भएको उनले बताए । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट शाहीको उद्धार भएको हो । उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको समन्वयमा उद्धार भएको हो ।’

सडक सञ्जालसँग नजोडिएको हुम्लाका गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पतालसम्म पुऱ्याउने गरिएको छ । यो सेवाले कतिपयको ज्यान जोगिएको छ ।