मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार १६:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २५ बिहीबार १६:५९:००

सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यकाबाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बिहीबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेकोभन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो ।

त्यस्तै, ट्याक्सीमा चालकबाहेक दुईजनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ । 

एकै परिवारको भए पाँच वर्षमुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारीसाधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए ।  

सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारीसाधनभित्र सामाजिक दूरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।

भोलिदेखि नै मापदण्ड पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने मन्त्री खतिवडाले बताए ।