१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७७ असार २५ बिहीबार १६:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुगे सभामुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७७ असार २५ बिहीबार १६:१२:००

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । गएराति सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका- ५ को जम्बु बजार बगाएर ठूलो धनजनको क्षति गरेपछि उनी त्यहाँ पुगेका हुन् ।

उनले घटनास्थलको अनुगमन गर्दै उद्धार र राहतमा जुट्न सबै पक्षलाई अपिल गरेको प्रेस सल्लहाकार श्रीधर न्यौपानेले जानकारी दिए । उनले पीडितहरूलाई नआत्तिन र हतास नहुन आग्रह गरेका छन् । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो ।