१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २५ बिहीबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडि बढाउने प्रयत्न गर्छु : आइजिपी थापा

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १५:२९:००

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडि बढाउने प्रयत्न गर्ने बताएका छन् ।  

दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमाभित्र रहेर काम गर्ने बताए । सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रूपमा खरो उत्रिने उनले प्रतिवद्धता जनाए । 

महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न नसक्ने उल्लेख गर्दै उनले संगठनको महानिरीक्षकको सफलता–असफलता नै संगठनको सफलता–असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । प्रहरी संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे । 

थापाले संगठनभित्र आफ्नै सहकर्मीहरूलाई व्यावसायिक रूपमा निषेध गर्ने कुसंस्कारको अहिले अन्त्य भएको बताए । विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिस्पर्धालाई संकेत गर्दै उनले आफू र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताए । पाल र आफूबीच जो आइजिपी भए पनि सल्लाह र सहयोगमा अगाडि बढ्ने भद्र सहमति भएको खुलासा गर्दै थापाले संगठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कुसंस्कार तोडिएको बताए ।