Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ति तामाङ काठमाडाै‌
२०७७ असार २५ बिहीबार १५:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पुरातात्विक महत्वका संस्थाहरूको स्रोत व्यवस्थापन गरी छिटो काम गर्न प्राधिकरणलाई संसदीय समितिको निर्देशन

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाै‌
२०७७ असार २५ बिहीबार १५:०३:००

प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले पुनर्निर्माणको क्रममा रहेका गुम्बाहरू र अन्य पुरातात्विक महत्वको संस्थाहरूको स्रोत व्यवस्थापन गरी द्रुत गतिमा निर्माण कार्य गरी अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणको कार्यअवधि आगामी पुस १० गते समाप्त हुने हुँदा निर्माणकै चरणमा रहने संरचनाहरूको काम कसरी अघि बढाउने, त्यसको स्वामित्व, रेखदेख, गुणस्तर स्रोत व्यवस्थापन र हस्तान्तरणको विषय सुनिश्चित गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई समितले निर्देशन दिएको हाे । 

समितिको बिहीबार बसेको बैठकले पुनर्निर्माणको क्रममा रहेका गुम्बाहरू र अन्य पुरातात्विक महत्वको संस्थाहरूको स्रोत व्यवस्थापन गरी द्रुत गतिमा निर्माण कार्य गरी अघि बढाउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ । यस्तै, समितिले अन्तरनिकाय तथा अन्तरतह समन्वय गरी अघि बढाउनुपर्ने पुनर्निर्माणको कार्यसम्बन्धी कागजातहरू निश्चित समयभित्रै सम्पन्न हुने गरी टुंगाेमा पुऱ्याउने व्यवस्था मिलाउन समिति प्राधिरकणलाई निर्देशन दिएको छ । 

६५ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न 
प्राधिकरणका अनुसार हालसम्म ६५ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जम्मा लाभग्राही आठ लाख २४ हजार आठ सयमध्ये पाँच लाख ७६ हजार निजी घर पुनर्निर्माण सम्पन्न भएको हो । सात लाख ८६ हजार अनुदान सम्झौता भएकोमा सात लाख ८० हजार पहिलो किस्ता भुक्तानी भएको छ । दोस्रो किस्ता ६ लाख ६६ हजार भुक्तानी भएको छ भने पाँच लाख ८५ हजार तेस्रो किस्ता भुक्तानी भएको छ । हालसम्म सात लाख १० हजार अर्थात् ९० प्रतिशत निजी घर निर्माण सुरु भएको प्राधिकरणले जनाएको छ । 

विश्व सम्पदा क्षेत्रका ६० प्रतिशत काम सम्पन्न
विश्व सम्पदा क्षेत्रका ६० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । कुल एक सय ७० क्षति पुगेकोमध्ये एक सय तीन सम्पदा पुनर्निर्माण सम्पन्न भएको हो । उपत्यकाका चार सय चार सम्पदामा क्षति पुगेकोमा एक सय ६४ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । उपत्यकाबाहिरका तीन सय ४६ सम्पदामा क्षति पुगेकोमा एक सय ४२ अर्थात् ४१ प्रतिशत काम सम्पन्न भएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लामध्ये नौ सय २० सम्पदामा क्षति पुगेकोमध्ये ४४  प्रतिशत अर्थात् चार सय नौको पुनर्निर्माण सकिएको छ । यसैबीच, धरहरा पुनर्निर्माणको ४० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ । धरहरा निर्माणको हालसम्म दशौँ तलासम्मको ढलान भइसकेको छ । निर्माणस्थलभित्र रहेको गोश्वारा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी सञ्चय कोष स्थानान्तरण भइसकेको छ । तीनतले पार्किङतर्फको काम भइरहेको छ भने धरहरा टावर निर्माण कार्य छिट्टै सुरु गर्ने प्राधिकरणले जनाएको छ ।