मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असार २५ बिहीबार १४:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा १३२१ जनाले जिते कोरोना, संक्रमितको संख्या अब दुई सय ३४ मात्र

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असार २५ बिहीबार १४:३२:००

कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा बिहीबार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

दैलेखको दुल्लु अस्पतालबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट सातजना कोरोना संक्रमणबाट मुक्त भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । ‘कर्णालीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३२१ पुगेको छ,’ उनले भने, ‘संक्रमण भएका व्यक्ति  अब दुई सय ३४ जना मात्र हुनुहुन्छ ।’ 

बिहीबार थपिए ११ संक्रमित
कर्णालीमा बिहीबार ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जना र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पाँचजना गरी ११ जना कोरोना संक्रमित फेला परेको महाशाखा प्रमुख डा. तिवारीले बताए । 

प्रदेश अस्पताल पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएका परीक्षणमा सुर्खेत जिल्लाका पाँच,  दैलेख जिल्लाका एक, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमबाट चार र जाजरकोट जिल्लाका एकजनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश डा. तिवारीले जानकारी दिए । कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १५६१ पुगेको मन्त्रालयले जनाएको छ ।