मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २५ बिहीबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हजुरआमाको हत्या गरेको आरोप लागेका अभियुक्त प्रहरी हिरासतबाट भागे

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १३:२४:००

आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजना अभियुक्त प्रहरी हिरासतबाटै भागेका छन् । 

कैलालीको चुरे गाउँपालिका– ६, भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित भागेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फल्टुडेको हिरासतमा रहेका ऐर राति खाना खाने क्रममा फरार भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपशमशेर जबराले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेर फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नी ७५ वर्षीया हजुरआमाको हत्या गरेको अभियोगमा ऐर बुधबार दिउँसो पक्राउ परेका थिए । 

२३ असारको दिउँसो घरमा कोही नभएको वेला आफ्नी हजुरआमालाई फलामको छडले घाँटीमा हानेर घाइते बनाएको र पछि घरनजिकैको बारीमा लगेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।