मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्याट्रिक गाथारा
२०७७ असार २५ बिहीबार ०७:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के हुँदा मानवीय संकट मान्ने ?

महामारीले पनि इतिहासदेखिनै सीमान्तीकृत वर्ग र समुदायलाई बढी असर पारेको छ र प्रदर्शनको आगोमाथि थप घिउ खन्याएको छ 

Read Time : > 2 मिनेट
प्याट्रिक गाथारा
२०७७ असार २५ बिहीबार ०७:०९:००

यो वर्ष अप्रिलको अन्त्यसम्ममा तीन सय विलियन जनसंख्या भएको र सबैभन्दा धनी मुलुक कोभिड-१९ को चपेटामा प-यो । यहाँ प्रत्येक पाँच हजारमा एकजनाभन्दा बढीलाई खानाको अभाव छ । त्यसो त महामारीअघि पनि त्यहाँको स्थिति अनुकूल थिएन ।

झन्डै १४ प्रतिशत जनसंख्या खाद्य सहयोगमा निर्भर थियो, प्रत्येक ६ मा एक बालबालिकाको पोषणयुक्त खानामा पहुँच थिएन र झन्डै दश लाख कुपोषणका सिकार थिए । अहिले लाखभन्दा बढीको ज्यान लिइसकेको कोभिड-१९ का कारण मात्र मुलुक संकटग्रस्त छैन, नोभेम्बरमा चुनाव नजिकिँदै गर्दा देखिएको राजनीतिक अस्तव्यस्तता, प्रहरी र प्रदर्शनकारीबीचको हिंसात्मक झडप, बढ्दो लुटपाट र रक्तपातका कारण पनि मुलुक त्यत्तिकै संकटमा छ । 

यो आन्दोलनमा पत्रकारसमेत निसानामा छन् भने सयौँलाई समाएर थुनिएको छ । राजनीतिक अस्थिरता झन् बढ्ने निश्चित देखिँदै छ किनकि महामारीले पनि इतिहासदेखिकै सीमान्तीकृत र विपन्न वर्ग र समुदायलाई बढी असर पारिरहेको छ । यसले पनि प्रदर्शनको आगोमाथि थप घिउ खन्याएको छ । केलाई मानवीय संकट भनिन्छ ? यसका विशेषता के हुन् ?

क्यानडाको कल्याणकारी संस्था ह्युमनिटरियन कोलिसनले आमसमुदायको स्वास्थ्य र सुरक्षामा जब चरणबद्ध रूपमा चुनौती आउँछ, त्यो नै मानवीय संकट हो भनी परिभाषित गरेको छ । अझ बृहत्मा यस्तो मानिस वा प्रकृति सिर्जित प्रतिकूलताले महिला, बालबालिका, आप्रवासी र शरणार्थीलगायत सीमान्तीकृत समुदायलाई थप चपेटामा पार्ने गर्छ । किनकि उनीहरूसँग संकटको सामना गर्न सक्ने हैसियत हुँदैन । यसरी हेर्दा विगत केही हप्तादेखि अमेरिका मानवीय संकटबाट गुज्रिरहेको छ भन्न सकिन्छ ।

०१४ को एउटा रिपोर्टले देखाएको छ कि १९७० देखि २०१० सम्म दोहन भएको ३९ अफ्रिकी मुलुकको साधन र स्रोतको मूल्य तिनले पाउने कुल ऋणभन्दा चार गुणा बढी थियो । यसको अर्थ अफ्रिका ग्लोबल नर्थ वा श्वेत सम्प्रभु मुलुकप्रति आश्रित छैन भन्ने देखिन्छ ।

मानवीय संकटलाई हेर्ने दृष्टिकोण पनि ठाउँअनुसार फरक पर्छ । कुनै निश्चित क्षेत्रको संकटलाई मिडियाले समेत रंग, जातिवाद वा क्षेत्रीय दृष्टिकोण राखेर पस्किन्छन् । नपत्याए अफ्रिकाको इबोला संकटलाई कसरी लिइएको थियो र कोभिड–१९लाई कसरी लिइँदै छ, तुलना गरे हुन्छ । यो विभेद विश्व शक्ति सन्तुलनका आधारमा हुने गरेको छ र यो सन्तुलनमा युरोपियन श्वेत तथा तिनका डायस्पोरा उच्च स्थानमा विराजमान छन् भने अश्वेत समुदाय सबैभन्दा पुछारमा छन् । त्यसैले उनीहरू आफूलाई श्रेष्ठ सम्झिँदै दक्षिणी गोलाद्र्धका अफ्रिकी मुलुकका संकटलाई मानवीय करार गर्दै सहयोग गर्नु आफ्नो दायित्व सम्झिन्छन् । 
मिडियाको भाषा पनि महादेशअनुसार फरक पर्छ ।

जब अफ्रिकाका विकासशील मुलुकमा उनीहरू इत्तरको कोही निरंकुश सत्तामा आउँछ, त्यहाँ निरंकुश, हत्यारा, भ्रष्टजस्ता शब्दावली प्रयोग गरिन्छन् । तर, जब अमेरिकामा त्यस्तै शासक आउँछन्, सभ्य शब्दहरू प्रयोग गरिन्छन् । अहिलेको ट्रम्पकै प्रशासनविरुद्ध पनि कडा शब्द प्रयोग गरिँदैन, जति कुनै अफ्रिकी नेताविरुद्ध गरिन्छ । किनकि जे भए पनि उनीहरू विकसित र विकासशील मुलुकबीचको विभेदलाई राखिराख्न चाहन्छन् ।

आफूलाई सभ्य तथा सुसंस्कृत एवं दक्षिणी गोलाद्र्धका अफ्रिकी मुलुकलाई विपन्न, रोग, भोकमरी र द्वन्द्वग्रस्त क्षेत्रको रूपमा चिनाइरहन चाहन्छन् । अल्प विकसित वा विकासशील भन्ने पदावलीले सधैँ यही नै देखाउन चाहन्छ । तर, २०१४ को एउटा रिपोर्टले देखाएको छ कि १९७० देखि २०१० सम्म दोहन भएको ३९ अफ्रिकी मुलुकको साधन र स्रोतको मूल्य तिनले पाउने कुल ऋणभन्दा चार गुणा बढी थियो । यसको अर्थ अफ्रिका ग्लोबल नर्थ वा श्वेत सम्प्रभु मुलुकप्रति आश्रित छैन भन्ने देखिन्छ ।

अर्को कुरा आफैँलाई सर्वोत्कृष्टको रूपमा प्रस्तुत गर्दा तिनले आफ्नै समाजभित्र अन्तरनिहित समस्या पहिचान गर्न चुकिरहेका छन् । तिनका आफ्नै ढोकाअगाडि उभिएका दीनहीन र भोका–नांगाहरूलाई आफ्नो संयन्त्रका माध्ययमबाट संरक्षण गर्न चुकिरहेका छन् । जवाफदेहिता नभएका ट्रम्पजस्ता नेतृत्व जन्माइरहेका छन् ।

सिएआरई इन्टरनेसनलले २०१९ का १० मानवीय संकटको सूची निकालेको छ, जसमा नौवटा अफ्रिकामा घटेको देखाइएको छ भने एउटा मात्र उत्तर कोरियाको देखाइएको छ । यसका लागि तिनले युरोपियन कमिसनको मानवीय संकटको परिभाषा ‘अपर्याप्त वैदेशिक सहयोग प्राप्त भएको’ तथ्यांकलाई आधार बनाएका छन् । यसरी नै मानवीय संकटलाई आधार मान्ने हो भने के अहिलेको अमेरिकाको संकट मानवीय संकटमा पर्दैन ?

(गाथारा केन्या, नैरोबीका सुप्रशिद्ध राजनीतिक कार्टुनिस्ट तथा लेखक हुन्)
अल जजिराबाट