मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरिता गिरीलाई सांसद पदबाट हटाउने पत्र संसद् सचिवालयमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १८:३८:००

समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट हटाउने पत्र संसद् सचिवालयमा दर्ता गरेको छ । 

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रमुख सचेतक उमाशंकर अरगरियाले संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई बुधबार भेटेर पार्टीले गिरीलाई निष्कासन गरेको पत्र दर्ता गराएका हुन् । श्रेष्ठले बुधबार दिउँसो पत्र दर्ता गराएको जानकारी दिए । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै सांसदलाई दलबाट निष्कासन गरिए उसको पद गुम्ने व्यवस्था छ । सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सूचना पढेर वा टाँस भइसकेपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिन्छ । यो प्रक्रिया १५ दिनमा टुंगिनेछ । 

नेपालको राष्ट्रियतामाथि लगातार आपत्तिजनक र विवादित अभिव्यक्ति दिँदै आएकी सांसद गिरीलाई समाजवादीले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । 

कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि गिरीले संशोधन राखेकी थिइन् । त्यही विषय बढ्दै गएर समाजवादीले गिरीलाई कारबाही गरेको हो । यद्यपि, गिरीले आफू अन्यायमा परेको भन्दै अदालत जाने बताएकी छिन् ।