मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १५:२६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ट्याक्सी चलाउने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १५:२६:००

संघीय संसद्को विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले लकडाउनको अवधिमा पनि मापदण्ड पुरा गरी अन्य पेशा, व्यवसाय सञ्चालन गर्न दिएजस्तै सोही मापदण्ड पूरा गरेर ट्याक्सी सेवा सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

त्यसैगरी बैठकले लकडाउनका बीच सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने भन्नेबारेमा अर्को बैठकमा कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिएमसी) र भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा यातायातसम्बद्ध मजदुर संगठन र यातायात व्यवसायीसँग छलफलपछि समितिले निर्देशन दिएको हो ।