१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार २४ बुधबार १२:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा मास्क नलगाई सडकमा हिँड्नेलाई पक्राउ गरी एक सय जरिवाना 

Read Time : < 1 मिनेट
२०७७ असार २४ बुधबार १२:५७:००

सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई पक्राउ गरी जनही एक सय रुपैयाँ जरिवाना गरिएको छ । गृह मन्त्रालयले मास्क नलगाई सडकमा हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएसँगै सिराहा प्रहरीले सक्रियता देखाएको हाे ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क नलगाई हिँडडुल गर्नेलाई पक्राउ गर्न थालिएको सिराहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद पञ्जियारले बताए । मास्क नलगाई हिँड्नेलाई पक्राउ गरी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ । सोही ऐनको व्यवस्थाअनुसार पक्राउ परेकालाई स्थानीय प्रशासनले जनही एक सय रुपैयाँ जरिवाना गरेको हाे । 

जिल्ला प्रशासन कार्यालयले जरिवाना गरेर पहिलोपटकका लागि सचेत गराउँदै सबैलाई छाडेको छ । सिरहामा न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी, मास्कविना आवतजावत गर्ने, भिडभाड गर्ने, सामाजिक दूरी कायम नगर्ने प्रवृत्तिलाई रोक्न कडाइ गर्न थालिएको हो । 

मंगलबार जिल्ला प्रहरी कार्यालयले २२, ईलाका प्रहरी कार्यालय बिष्णुपुरले १८, ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले ५, गोलबजारले ५ र लहानले १४ जनालाई पक्राउ गरेको थियो । बुधबार थप ११ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

राेगबाट बच्न सचेतनामूलक कार्यक्रम पनि जारी राख्ने र अटेर गर्नेलाई कारबाही पनि गर्ने एसपी पञ्जियारले बताए ।