१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १२:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १२:३४:००

सभामुख अग्निप्रसाद सापकोटाको आज मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । 

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । 

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार साढे दश बजे शल्यक्रिया गरेको जनाइएको छ ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरूको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।’

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेे गरी सभामुख सापकोटा स्वयंले व्यहोरेको सभामुखको सचिवालयले जनाएको छ ।