मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २४ बुधबार १०:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २४ बुधबार १०:४२:००

रोजगारीका लागि दक्षिण कोरिया जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन् । 

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरू बन्द भएपछि प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन् ।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहिनेत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरि देवकोटाले बताए ।  सरकारले आफ्ना मागहरू पूरा नगरे पूर्ण रूपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए । 

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरूले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’, गरिखान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्रीज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देऊ’, ‘काम रोक्न पाइँदैन, नालायक सरकार चाहिँदैन’, ‘सरकार सक्छौ भने देशमै देऊ रोजगार, सक्दैनौ भने लाखौँ बेरोजगार युवाहरूको भविष्य नबिगार’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।