मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १२:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हङकङमा पहिलोपटक चीनले खोल्यो सुरक्षा कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १२:०८:००

हङकङमा चीनले पहिलोपटक सुरक्षा कार्यालय खोलेको छ । 

हङकङको मुख्य स्थानमा पहिलोपटक चीनले आफ्नो सुरक्षा कार्यालय खोलेकाे बेलायती समाचार संस्था बिबिसीले जनाएको छ । 

अस्थायी रूपमा यस सुरक्षा कार्यालय व्यावसायिक क्षेत्र मानिने भिक्टोरिया पार्कनजिकै रहेको कजवेस्थित एक होटेलमा स्थापना गरिएको छ । 

यो क्षेत्र लामो समयदेखि प्रजातन्त्र समर्थिक अभियन्ताहरूले प्रदर्शन गर्ने थलोका रूपमा रहँदै आएको छ । 

कार्यालय उद्घाटनको कार्यक्रम बुधबार बिहान भएको बिबिसीले जनाएको छ । 

कार्यालयको बाहिर चिनियाँ झण्डा फहराइएको र अत्यन्त कडा सुरक्षा घेराले घेरिएको बताइएको छ । कार्यालयको सुरक्षा दस्तामा बम डिस्पोजल युनिटसमेत तैनाथी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

हङकङमा कही समयअघि जारी गरिएको नयाँ कानुनअनुसार उक्त कार्यालय खोलिएको बताइएको छ । 

चिनियाँ अधिकारीहरूले हङकङमा पछिल्लो समय बढेको हिंसात्मक प्रदर्शनहरूलाई कम गर्दै स्थिरता पुनर्वहाली गर्न याे कदम सार्थक हुने जनाएका छन् । 

हङकङ–बेजिङ सम्पर्क अधिकृत लिओ हुइनिङले नयाँ स्थापित कार्यालयले हङकङको सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण साबित हुने बताएका छन् ।