मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २४ बुधबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट एकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असार २४ बुधबार ११:३२:००

धुनीबेंसी नगरपालिका– ९ खत्रीपौवामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा.४ख ३१०४ नम्बरको टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका– ३ काठमाडौंनिवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  रूपक खड्काले जानकारी दिए । 

घटनापछि सवारीचालक फरार भएका छन् भने प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ ।  शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ ।