मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जानिया स्टामाताकी
२०७७ असार २४ बुधबार ०७:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड-१९ को एन्टिबडी टेस्टले के भन्छ ?

रोग-प्रतिरोधात्मक क्षमताको के र कस्तो प्रक्रियाले कोभिड-१९ विरुद्ध एन्टिबडी निर्माण गर्दै छ, थाहा छैन 

Read Time : > 2 मिनेट
जानिया स्टामाताकी
२०७७ असार २४ बुधबार ०७:२५:००

धेरै नै नौलो प्रवृत्तिको कोभिड-१९ विश्वमै अत्यधिक गतिमा फैलिरहँदा वैज्ञानिक र प्राविधिकका लागि एउटा चुनौती भएको छ । यसविरुद्ध हाम्रो ज्ञान सीमित र अपूरो भए पनि अहिलेसम्ममा यसविरुद्ध लड्न हाम्रो चिकित्सकीय प्रणाली र स्वास्थ्य सामग्री धेरै नै सशक्त बनिसकेको छ । आममानिसको चाहनाअनुसार भाइरसको परीक्षणको दायरा फराकिलो बनाउन सक्नु यसैको परिणाम हो । बर्मिङ्घम विश्वविद्यालयको हाम्रो क्लिनिकल ल्याबको नेतृत्व डा. एलेक्स रिचरले गरेकी छिन् र यो ल्याबले सार्स–सिओभी–२ को एन्टिबडी परीक्षण गर्ने ‘सेरोलोजी टेस्ट’को विकास गरिसकेको छ ।

बजारमा पाइने व्यावसायिक एन्टिबडी किट्सभन्दा यो उत्कृष्ट छ । अझ एक कदमअघि बढेर एन्टिबडीको प्रवृत्तिका आधारमा हामीले कोभिड–१९ विरुद्ध रोग–प्रतिरोधात्मक क्षमताले कसरी काम गर्छ भनेर जान्नु छ । सामान्यतया, अहिलेसम्मका सार्स–सिओभी–२ को एन्टिबडी परीक्षणले तपाईँलाई त्रुटिपूर्वक संक्रमित पनि देखाउन सक्छ, किनकि उस्तै किसिमको एन्टिबडी सामान्य रुघाखोकीका कारण पनि बनेको हुन सक्छ । तर, सेरेलोजी टेस्टले वास्तविक संक्रमण पहिचान गर्छ, त्यसैले पोलिमेरिज चेन रियाक्सन (पिसिआर)भन्दा यो धेरै नै प्रभावकारी छ । यसमा रगतबाट जाँच लिइने हुँदा नाक र घाँटीको स्वाब परीक्षणभन्दा सजिलो पनि हुन्छ ।

यो परीक्षणले समुदायमा कसरी भाइरस फैलिरहेको छ भनेर जान्न पनि मद्दत पु¥याउँछ । तत्कालैका संक्रमितको केही दिनमै एन्टिबडी थाहा पाउन सकिन्न, त्यसका लागि एकदेखि तीन हप्ता लाग्छ । संक्रमितको बढ्दो दर र संख्या यकिन भइसकेपछि त्यसबाट निम्तिन सक्ने मृत्युदर, उपचार तथा कत्तिको खतरनाक प्याथोजिनको विकास भइरहेको छ भन्ने आकलन गर्न सकिन्छ । यसले उच्च जोखिमको समूह पहिचान गर्न पनि सघाउँछ ।

अधिकांश कोभिड–१९ संक्रमितमा शक्तिशाली टी सेल देखिएको छ । त्यसैले, अहिलेसम्मका अधिकांश खोपको अनुसन्धान र परीक्षण यही टी सेललाई प्रभावशाली बनाउन लक्षित छन् ।

रिचरको अध्ययनले पाँच सय १६ स्वास्थ्य क्षेत्रमा काम गर्नेको एन्टिबडी परीक्षण गरेको थियो, ३४ प्रतिशत सरसफाइ क्षेत्रमा काम गर्ने संक्रमित देखिएका थिए भने आइसियुको अग्रपंक्तिमा खटिनेमध्ये मात्र १५ प्रतिशत संक्रमित थिए । यसले खास जोखिमको समूह पहिचान गरेर त्यहीअनुरूप कदम चाल्न सघाएको छ । एन्टिबडीले भविष्यका लागि ठूलो आशा जगाएको छ, तर रोग–प्रतिरोधात्मक क्षमताको के र कस्तो प्रक्रियाले कोभिड–१९ विरुद्धको एन्टिबडी निर्माण गरिरहेको छ, हामीले अझै निक्र्योल गर्न सकेका छैनौँ ।

‘मेमोरी इम्युन रेस्पोन्स’ दुई किसिमका हुन्छन् । यसैले सम्भावित चुनौतीको मूल्यांकन गर्दै त्यहीअनुरूप शरीरलाई बदल्छ । पहिलो ‘बी’ सेलद्वारा निर्देशित हुन्छ र यसैले एन्टिबडी निर्माण गर्ने काम गर्छ । खासमा खोपको अनुसन्धान मूलतः जीवन रक्षा गर्ने दीर्घकालीन रूपमा शक्तिशाली एन्टिबडी उत्पादन गर्न लक्षित हुन्छ । तर, सधैँ यो उपलब्धि हात लाग्दैन । एन्टिबडी घटेमा त्यसलाई बढाउन खोप दिइन्छ । प्रवृत्ति फेरबदल गरिरहने फ्लुजन्य भाइरसलाई तत्काल नियन्त्रण गर्न नयाँ खोप नै चाहिन्छ । दोस्रो प्रकारको कोष भनेको ‘टी’ सेल हो, यसले असरलाई पहिचान गर्छ । टी सेल एन्टिबडीको अनुपस्थितिमा संक्रमणसँग जुध्छ । यसले संक्रमित कोषलाई नष्ट गर्छ र भाइरसलाई अरू बढ्न दिँदैन ।

अधिकांश कोभिड–१९ संक्रमितमा शक्तिशाली टी सेल देखिएको छ । त्यसैले, अहिलेसम्मका अधिकांश खोपको अनुसन्धान र परीक्षण यही टी सेललाई प्रभावशाली बनाउन लक्षित छन् । अन्य कोरोना भाइरसविरुद्ध जस्तै कोभिड–१९ मा पनि टी सेललाई प्रभावशाली बनाउन सके यसको प्रभाव पनि दीर्घकालीन हुनेछ । आठमध्ये ६ संक्रमितका परिवार सदस्यमा प्रस्टसँग अन्य एन्टिबडी नदेखिएको, तर टी सेल भने सक्रिय रहेको पाइयो ।

टी सेलको प्रतिक्रिया मापन गर्ने खास परीक्षण विधि छैन, त्यसैले एन्टिबडी परीक्षणमा यो देखिँदैन । एन्टिबडी पोजेटिभ देखिएका मामलामा पनि तिनले कसरी काम गरिरहेको छ, छुट्याउन सकिन्न । सम्भावित संक्रमणविरुद्धको प्रतिरोधात्मक क्षमता कति समयभित्र तयार हुन्छ भन्ने निक्र्योल गर्न पनि बाँकी नै छ । त्यसैले निको भइसकेका संक्रमित पूर्ण निको भइसकेका हुन् वा फेरि संक्रमित देखिन सक्छन्, अहिले नै ठोकुवा गर्न सकिन्न ।

यद्यपि धेरै सकारात्मक समाचार पनि छन् । जनावरहरूलाई सार्स–सिओभी–२ बाट बचाउन सकिने एवं मानिसको शरीरले पनि सुरक्षात्मक इम्युनिटी विकास गर्ने कुरा अनुसन्धानले देखाएको छ । यसैले ‘इम्युनोलोजिकल मेमोरी’ सबैभन्दा प्रभावकारी बन्छ भनेर आकलन गर्न सकिन्छ । तर, समय भने लिन्छ । एउटा ‘भाइरल इम्युनोलोजिस्टको रूपमा भन्नुपर्दा कोभिड–१९ एउटा रहस्यमय पहेली जस्तो भएको छ र यो रहस्य सुल्झाउन हामी लागिपरेका छौँ । खोप सर्वसुलभ भएपछि मात्र हामी ढुक्क हुनेछौँ । त्यसअघिको एन्टिबडी परीक्षणले यसबाट बचाउँदैन । तर पनि भाइरसको अध्ययन तथा नियन्त्रण गर्न यसको अझै आवश्यकता छ ।

(डा. स्टामाताकी बर्मिङ्घम विश्वविद्यालय, भाइरल इम्युनोलोजीकी वरिष्ठ प्राध्यापक हुन्)
द गार्जियनबाट