Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ०७:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुरुङद्वारा वैदेशिक रोजगार बोर्डमा नबस्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ०७:२९:००

वैदेशिक रोजगार बोर्डको सदस्य नियुक्त हेम गुरुङले बोर्ड सदस्यमा नबस्ने घोषणा गरेका छन् । बोर्डको नियुक्ति विवादित भएपछि गुरुङले आफू त्यहाँ रहन असमर्थ भएको भन्दै श्रम मन्त्रालयलाई पत्र पठाएका हुन् । 

श्रम मन्त्रालयले गत विहीबार उनीसहित दुईजनालाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो । गत आइतबार सदस्य नियुक्त भएको औपचारिक पत्र पठाइएको थियो । आफू यसअघि नै बोर्डको सदस्य भइसकेको हुँदा आगामी कार्यकालका लागि दोहोरिने इच्छा नभएको व्यवसायी हेम गुरुङले बताए ।

‘कोभिडका कारण अहिले व्यवसाय शून्यमा झरेको छ । अहिले यसलाई नै उकास्नु पर्नेछ । त्यसैले मैले बोर्डमा समय दिन नसक्ने भएकाले बस्न नचाहेको हो,’ उनले भने ।