मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ०५:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्लाहीको धनकौल गोलीकाण्ड : दोषीलाई कारबाही गर्न माग गर्दै पीडित गृह मन्त्रालयमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ०५:३३:००

सर्लाहीको धनकौल गाउँपालिकामा भएको गोलीकाण्डका पीडित काठमाडौं आइपुगेका छन् । १४ असारमा भएको घटनाका घाइतेहरू दोषीलाई कारबाहीको मागसहित गृह मन्त्रालय गुहार्न काठमाडौं आएका हुन् । धनकौल बजारमा भएको गोलीकाण्डको अनुसन्धानमा प्रहरी प्रभावित भएको भन्दै पीडित र तिनका आफन्तले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका छन् ।

नेकपाका जिल्ला इन्चार्ज डाचाराम वाग्लेको नेतृत्वमा आएको टोलीमा घाइते र उनीहरूका आफन्त सहभागी छन् । सो घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नको सट्टा पीडितको तर्फबाट दिइएको जाहेरीसमेत प्रहरीले दर्ता नगरेको घाइते विजयकुमार साहले बताए । ‘हामीविरुद्ध गोली प्रहार भयो । मसहित १७ जना घाइते भयौं । गोलीको छर्रा अभैm मेरो टाउकोमा छ । गोली प्रहार गर्नेलाई हामीले प्रत्यक्ष देखेका छौं । सोही आधारमा प्रहरीमा जाहेरी दर्ता ग¥यौं । तर, प्रहरीले आजसम्म पनि जाहेरी दर्ता गरेको छैन,’ उनले भने ।

प्रदेश २ का सांसद वीरेन्द्रकुमार सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलगायतले गोली प्रहार गरेको घाइते साहले बताए । १४ असारमा भएको विरोध प्रदर्शनलाई लक्षित गर्दै ३६ राउण्डसम्म गोली प्रहार गरेको उनको भनाइ छ  । ६ असारमा सर्लाही रामनगर–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको भएको हत्या विरोधमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरी र १७ प्रदर्शनकारी घाइते भएका थिए । 

घाइतेका आफन्तले गोली प्रहार गर्ने सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले सांसद र गाउँपालिका अध्यक्षविरुद्धको किटानी जाहेरी फिर्ता लिनुपर्ने अडान लिएपछि जाहेरी दर्ता हुन सकेन । प्रहरीले गोली प्रहार घटनामा सांसद र गाउँपालिका अध्यक्षको संलग्नता अस्वीकार गर्दै आएको छ । तर, घटनाका प्रत्यक्षदर्शी तथा घाइतेमध्येका विजयकुमारले भने सांसद सिंह र गाउँपालिका अध्यक्ष साहले नै गोली प्रहार गरेको बताए । 

पीडितको नेतृत्व गर्दै गृह मन्त्रालय आइपुगेका नेकपा सर्लाही इन्चार्ज डाचाराम वाग्लेले भने, ‘गोली हान्ने मान्छेलाई पीडितले देखेका छन् । तर, उनीहरूविरुद्धको जाहेरी दर्ता भएन । न अनुसन्धानका लागि उनीहरूका बन्दुक नै नियन्त्रणमा लिइयो । त्यसैले अनुसन्धान प्रभावित भएको हामीले पाएका छौं ।’

दोषीलाई कारबाही हुन्छ : डिआइजी धिरजप्रताप सिंह 
प्रहरीले गोलीकाण्डको अनुसन्धान गर्दै छ । केही पक्राउ परेका र केही फरार छन् । हामीले सिसिटिभी फुटेजको पनि अध्ययन गरेका छौँ । घटनास्थलमा प्रयोग भएका बन्दुक नियन्त्रणमा लिइएको छ । जाहेरी दर्ता गर्नु या नगर्नुभन्दा पनि अनुसन्धान हुनु ठूलो विषय हो । अनुसन्धानमा कुनै कमी हुँदैन, दोषीलाई कारबाही हुन्छ ।