मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २४ बुधबार ०५:२३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड-१९ : भारतको खोप  १५ अगस्टमै आउने दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २४ बुधबार ०५:२३:००

- भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर)ले हैदराबादस्थित भारत बायोटेक कम्पनीसँगको सहकार्यमा कोभिड–१९ विरुद्ध खोप तयार पार्दै छ, जसलाई १५ अगस्टभित्रै सर्वसाधारणको प्रयोगमा ल्याइने दाबी गरिएको छ । 

- १५ अगस्ट भारतको स्वतन्त्रता दिवस हो । सोही दिन कोभिड–१९ विरुद्धको खोप सार्वजनिक प्रयोगमा ल्याउने आइसिएमआरको दाबी छ ।

- निर्माणाधीन खोपको नाम ‘कोभाक्सिन’ राखिएको छ । भारत बायोटेकले निर्माण भइरहेको खोपको मानव परीक्षणबारे २९ जुनमा ट्विटरमार्फत जानकारी दिएको थियो ।

- खोप अहिले मानव शरीरमा (क्लिनिकल) परीक्षण क्रममा रहेको कम्पनीले जनाएको छ ।

- क्लिनिकल परीक्षणका लागि भारतका १२ वटा संस्थालाई छनोट गरिएको छ । खोपको सफलता÷असफलता क्लिनिकल परीक्षणपछि नै स्पष्ट हुने आइसिएमआरका निर्देशक बलराम भार्गव बताउँछन् ।

- महाराष्ट्र सरकारको कोरोनाविरुद्ध टास्क फोर्सका सदस्य डा. शशांक जोशी भने यति छिटो कोभिड–१९ विरुद्ध खोप आउन असम्भव रहेको बताउँछन् । भन्छन्, ‘द्रुत गतिमा काम गर्दा पनि १२ देखि १८ महिना लाग्छ । त्यसैले १८ अगस्टमै खोप आउन असम्भव छ ।’

- स्वास्थ्यविज्ञ तथा इन्टरनेसनल एसोसिएसन अफ बायोएथिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि एक महिनामै खोपको क्लिनिकल परीक्षण पूरा गर्न असम्भव रहेको बताउँछन् ।

- भारत बायोटेककी प्रबन्ध निर्देशक सुचित्रा एलाका अनुसार क्लिनिकल परीक्षणका लागि कोरोना भाइरस संक्रमण नभएका एक हजार जनालाई छनोट गरिनेछ । र, उनीहरूलाई ३० दिनसम्म निगरानीमा राखिनेछ ।

- उनका अनुसार पहिलो चरणको आँकडा जम्मा गर्न ४५ देखि ६० दिन लाग्नेछ । र, त्यसको नतिजा आउन थप १५ दिन ।

- पहिलो चरणको नतिजापछि मात्र दोस्रो चरणको परीक्षणको अनुमति प्राप्त हुनेछ । पहिलो चरणको परीक्षणको नतिजा राम्रो आए मात्र दोस्रो चरणमा प्रवेश गर्न सकिनेछ । 

- उनको भनाइअनुसार पनि १५ अगस्टमै खोप सार्वजनिक प्रयोगमा आउने सम्भावना न्यून देखिन्छ ।

- खोप परीक्षणमा छनोट भएका नागपुरस्थित गिल्लुर्कर मल्टी स्पेसियालिटी अस्पतालका डा. चन्द्रशेखर गिल्लुरकरका अनुसार १८ देखि ५५ वर्षसम्मका मानिस यसमा सहभागी हुनेछन् । कोरोना संक्रमण मात्र होइन, मिर्गौला, कलेजो र मानसिक रोगी नभएको हुनुपर्ने मापदण्ड छ ।

- खोपबाट शरीरमा एन्टिबडी बनिरहेको छ कि छैन भनेर हेरिने उनी डा. गिल्लुरकर बताउँछन् । र, उनीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि हेरिनेछ ।

खोप परीक्षणमा छानिएका संस्थान

किङ जर्ज अस्पताल, विशाखापटनम

- बिडी शर्मा पिजी आइएमएस, युनिभर्सिटी अफ हेल्थ साइन्सेस, रोहतक

- एम्स, नयाँदिल्ली

- एम्स, पटना

- जीवनरेखा अस्पताल, बेलगाउँ, कर्नाटक

- लिल्लुर्कर मल्टी स्पेसियालिटी अस्पताल, नागपुर, महाराष्ट्र

- राना हस्पिटल, गोरखपुर

- एसआरए मेडिकल कलेज हस्पिटल एन्ड रिसर्च सेन्टर, चेगलपट्टु, तमिलनाडु

- निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, हैदराबाद

- डाक्टर गंगाधर साहु, भुवनेश्वर उडिसा

-प्रखर हस्पिटल, उत्तरप्रदेश

- डाक्टर सागर रेडकर, गोवा