Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार २३ मंगलबार १८:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना कहरबीच पदमार्ग  प्रवर्द्धन

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १८:१९:००

कोरोना कहरबाट थलिएका पर्यटन व्यवसायी अब पर्यटकीय गतिविधि बढाउने तयारीमा लागेका छन् । यसैक्रममा नेपाल पर्यटन बोर्डले काठमाडौंमा व्यवसायीलाई सुरक्षा निर्देशिकाबारे तालिम दिइरहेको छ भने रसुवाका व्यवसायीले स्थानीय पर्यटकीयस्थल  प्रवर्द्धन गर्न थालेका छन् ।

रसुवा–नुवाकोट पर्यटन समाजले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा तथा अध्ययन गरेको छ । पर्यटन समाजमा आबद्ध एक टोलीले काठमाडौंदेखि रसुवाको धार्मिक स्थल गोसाइँकुण्डसम्मको पदयात्रा सात रात आठ दिनमा पूरा गरी काठमाडौं फर्किएको हो । काठमाडौंदेखि नुवाकोट हुँदै रसुवाको गोसाइँकुण्डसम्म पुगी पदयात्रा मार्ग सम्भाव्यता अध्ययन गरी फर्किएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।

१२ देखि १९ असारसम्म भएको अध्ययन भ्रमणमा उपाध्यक्ष शिव लामिछानेसहित दिनेश तामाङ ब्लोन, ऊर्जा तामाङ, गगनराज न्यौपाने, पत्रकार अशोक सिलवाल र सुरेन्द्र राना सहभागी थिए । टोली काठमाडौंको बुढानीलकण्ठ, शिवपुरी, सिक्रे हुँदै नुवाकोटको मानेभञ्ज्याङ, बाघमारा, सागरकुण्ड, राउचुली, छ्याकुङचुली, एक्ले कुण्ड, गोसाइँकुण्ड, सिङगोम्पा हुँदै धुन्चे आई काठमाडौ फर्किएको थियो । समाजका अध्यक्ष न्यौपानेले भने, ‘यो पदमार्गले आन्तरिक र बाह्य पर्यटकका लागि उच्च सम्भावना बोकेको छ, पछि यो मार्ग लोकप्रिय ट्रेकिङ गन्तव्य बन्न सक्ने निष्कर्ष छ ।’ उनले यस मार्गलाई लाङटाङ, फिकुरी, हेलम्बु, तामाङ हेरिटेज, रुवि भ्याली, गणेश हिमाललगायत पदमार्गसँग पनि जोड्न सकिने बताए ।