१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संकटमा जनता जोगाउनेभन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : कांग्रेस महामन्त्री कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार १७:५९:००

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिस्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको आरोप लगाएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आयोजना गरेको बिपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा कोइरालाले सरकारले रेल, पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाए पनि संकटका वेलामा जनतालाई जोगाउनेभन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए । 

उनले नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए । गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको कोइरालाको भनाइ थियो । 

कोइरालाले कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आमनेता तथा कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि १४औँ महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे । उनले महाधिवेशनका लागि नयाँ संरचनाअनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए ।  १४औँ महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र  नयाँ ऊर्जा थप गर्ने कोइरालाको भनाइ थियो । 

कार्यक्रममा नेता डा. मीनेन्द्र रिजालले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा बिपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए । उनले कम्युनिस्टहरूले समाजवादउन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै बिपी कोइरालाले परिकल्पना गरेकोजस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए ।