मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड बालुवाटारमा, अर्का अध्यक्ष ओलीसँग एक्लाएक्लै छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार १२:२६:००

नेकपाका दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा मंगलबार पनि छलफल सुरु भएको छ । 

छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । उनी र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्लाएक्लै छलफल चलिरहेको स्रोतले जनाएको छ ।

उनीहरूले छलफलमा दोस्रो तहका नेताहरूलाई सहभागी गराएका छैनन् । 

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीकाे राजीनामा माग भएपछि पार्टीमा विवाद चुलिएकाे छ ।  

यसले गर्दा जारी स्थायी कमिटी बैठकसमेत लगातार स्थगित भइरहेकाे छ ।  

अध्यक्ष पुष्पकमल दाहालले समेत प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाका शीर्ष नेताहरूबीच अविश्वासको वातावरण चुलिन पुगेको छ । 

सोही विवाद समाधान गरी पार्टीलाई अगाडि बढाउने भन्ने विषयमा दुई अध्यक्ष छलफलमा जुटेका हुन् । 

सोमबार पनि उनीहरूबीच छलफल भएकाे थियाे । साे बैठकमा अबका छलफल दुई अध्यक्ष मात्र बसेर गर्ने समझदारी भएको थियो ।