Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार २३ मंगलबार ११:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार ११:२८:००

किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडासचिवसहित तीनजनालाई पक्राउ गरेको छ ।  घोराही उपमहानगरपालिका वडा नम्बर १ का सचिव धनबहादुर केसी र वडा नम्बर १३ का खरिदार लीलाजित नेपाली तथा वडा नम्बर १३ कै ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए ।    

उनीहरूले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका दुईजना वडासचिवले ०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर ०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौँ,’ प्रहरी प्रवक्ता खड्काले भने । अभियुक्त तीनजनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन् । पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो । 

उपमहानगरपालिकाले ती किशोरी ०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीनजनालाई पक्राउ गरिएको खड्काले जानकारी दिए । 
मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) बमोजिम मुद्दा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाइएको प्रवक्ता खड्काले जानकारी दिए । रासस