मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार २२ सोमबार २०:११:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

साढे २२ किलो चरेससहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार २०:११:००

साढे २२ किलो चरेससहित बुटवलबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ हरिया टोलस्थित धनबहादुर दमाईंको टिनले छाएको खाली घरमा लुकिछिपी बसेका दुईजना चरेससहित पक्राउ परेका हुन् । 

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीका अनुसार पक्राउ पर्नेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका– ८ घर भई हाल बुटवल–१२ हरियाली टोल बस्ने ३४ वर्षीय रतिभान दमाईं र बुटवल– १२ बस्ने गुल्मी मदाने गाउँपालिका–७ घर भएका २९ वर्षीय मेघराज गिरी छन् ।

उनीहरूलाई प्रदेश ५ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरूको साथबाट २२.५ केजी चरेस बरामद भएको थियो ।