मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २२ सोमबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार १६:३०:००

सवारी दुर्घटनामा परी पोखरामा एकजना पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पोखरा– ५ जिरो किलो बस्ने  ५१ वर्षीया रुपा सिंह विक रहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 

लु.५९प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी पैलदयात्री उनको उपचारका लागि पोखराको एक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रेग्मीले जानकारी दिए । 

दुर्घटनामा परी मोटरसाइकलचालक पोखरा– ६ बस्ने वर्ष १९ का नारायणप्रसाद आचार्यसमेत घाइते भएका छन् । 

उनको हाल एक अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी प्रहरीले पोखरा महानगरपालिका– ३२ बडहरेमा सोही स्थान बस्ने ४० वर्षकी रूपा सार्की सोमबार मृत फेला परेकी जनाएको छ । 

आइतबार बेलुका मादक पदार्थ सेवन गरी सुतेकी उनलाई सोमबार बिहान श्रीमानले उठाउँदा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।