मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २२ सोमबार १६:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ जनालाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कार

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार १६:१९:००

युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भएका छन् ।  युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट युवा र खेलकुदको विकासको क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै ६ जनालाई सम्मान गरेको हो ।

मन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्नाकुमारी चौधरी, सुष्मा बराली, निरज न्यौपाने र गंगा खड्कालाई सम्मान गरेको हो । उनीहरूलाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।

खेल क्षेत्रको विकास, विस्तारका पत्रकारिताको माध्यमबाट योगदान पुऱ्याएबापत सम्मान गरिएको मन्त्री जगत विश्वकर्माले बताए ।  खेल क्षेत्रमा देखिएका समस्यालाई सम्बन्धित निकायसम्म पुऱ्याएर सरोकारवालाहरूको ध्यानाकर्षण गर्न र युवा क्षेत्रका समस्या उजागरका लागि पत्रकारिताको माध्यमबाट ठूलो योगदान पुऱ्याएको उनले बताए ।