१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिना बुढाथोकी सल्यान
२०७७ असार २२ सोमबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा चालू आर्थिक वर्षमा १८ वटा वन्यजन्तुको उद्धार, १० को मृत्यु

Read Time : < 1 मिनेट
मिना बुढाथोकी सल्यान
२०७७ असार २२ सोमबार १४:५६:००

सल्यानमा चालू आर्थिक वर्षको हालसम्म १८ वटा वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ती वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । हालसम्म कार्यालयले  एक हुँडार, पाँच घोरल र १२ रतुवाको उद्धार गरेको छ । 

उद्धार गरिएकालाई अनुकूल हुने प्राकृतिक वासस्थानमा छोडिएको डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले बताए । कतिपय वन्यजन्तु घाइते भएको अवस्थामा भेटिएकाले उपचार गरेर वासस्थानमा छोडिएको र केहीको मृत्यु भएको उनको भनाइ छ । उद्धार गरिएकामध्ये १० वन्यजन्तुको उपचारको क्रममा मृत्यु भएको उनले बताए । 

जंगलमा वासस्थानको अभाव, खडेरी, पानीको अभाव भएको समयमा वन्यजन्तु गाउँबस्तीमा देखिएको सूचनाका आधारमा कार्यालयका कर्मचारी घटनास्थल पुगेर वन्यजन्तुको उद्धार गरिएको होे । जंगलमा पानीका मुहान सुक्नु, वन्यजन्तुको वातावरणअनुसारको व्यवस्थापन नहुनु, चोरी सिकारी हुनुजस्ता कारणले पनि वन्यजन्तु बस्तीतिर देखिने गर्छन् ।